सैघाली खबर
दाङ,४ माघ ।आन्दोलन परिचालन समिति दाङले आम हड्तालका कारण दाङका सडकमा अलपत्र परेका यात्रुलाई मध्यनजर गरी रोकिएका गाडीलाई गन्तव्यतर्फ जान दिने निर्णय गरेको छ ।
आज बसेको आन्दोलन परिचालन समिति दाङको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । जसका लागि अहिले ६ बजेदेखि विहान ४ बजेसम्म अलपत्र परेका गाडीलाई सम्बन्धित गन्तव्यमा जान दिने निर्णय गरिएको र भोलिदेखि यो सुविधा लागु नहुने आन्दोलन परिचालन समिति दाङका सचिव निर्मल आचार्यले जानकारी दिनुभयो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।