कमल बिक्रम जिसी
चैत ४ , काठमाडौँ। भिजिट भिसामा दुवई पठाउने बाहानामा करिब २ करोड ठगि गर्ने एक्टिभ इम्प्लोई सर्भिसमा बैदेशिक रोजगारको अनुगमन टोलीले छापा मारी शिलबन्दी गरेको छ। स्थाई ठेगाना फरक ठाउँमा देखाउने तर काठमाडौँ धुम्बाराही स्थित नक्कली काम कागजात सहित ठगि गर्ने एक्टिभ इम्प्लोई सर्भिसमा छापा मार्न हिंडेका अनुगमन अधिकारीहरुले शिल गरेका हुन्।
अबैध रुपमा संचालन गर्दै आइरहेको उक्त म्यानपावर बाट भान्सामा लुकाई राखेको अवस्थामा सयौं थान पासपोर्ट समेत फेला परेको छ। अनुसन्धान गर्दै जाँदा ठगीका कागजात लुकाएर राखेको पाइएको छ। बिभागका अधिकारीका अनुसार एक थान सिपियु , केहि पासपोर्ट , रजिस्टर , कम्पनीको लोगो लगाएत अन्य कागजात लिएको बताएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।