दलितहरु बैज्ञानिक र योग्य क्षमताका हुन भन्ने कुरा समाजमा स्थापित नहुँदा सम्म बिभेद हट्दैन – शाही



भ्रष्टाचार बिरोधि सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले जातीय विभेद र छुवाछूतको अन्त्य नहुदा सम्म सुखी नेपाली र शान्त नेपाल बन्न नसक्ने बताएका छन् । आफुले जातभात नमान्ने जुम्ला जस्तो चरम जातीय विभेद भएको र जिल्लामा आफुले आफुबाट र परिवारबाट सुरु गरेको बताएका छन् । हरेक बर्षको दशैमा परियारको हातबाट टीका र आशीर्वाद ग्रहण गरेको स्मरण गराएका छन् । सरु सुनारले लिएको कार्यक्रम जातका सवालमा बोल्दै दलित समुदायलाई निरीह , गरिब र दयाका पात्र सम्झने होईन , दलित समुदाय एक इमानदार , बैज्ञानिक ,इन्जिनियर ! संचारकर्मी , कृषि प्रबर्द्धन मैत्री भएको भन्दै मन्दिर र मुर्ति बनाउने, दमाहा बजाएर नेपालको संस्कृती बचाउने , हात हतियार बनाएर हामीलाई बचाए तर यहि समुदायलाई आज हेर्ने सोच र गर्ने व्यबहार निच भएको भन्दै अब समाजले र हरेक नागरिकले दलित समुदायलाई हेर्ने सोच बदल्नु पर्छ अनि छुवाछूतको अन्त्य हुन्छ । आफू जातीय बिभेद अन्त्यको लागि आफू अग्ररुपमा उभिने बताएका छन् ।

हेर्नुहोस बाकी भिडियोबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्