पञ्चायती कालका जुझारु बिद्यार्थी नेता डण्डु आचार्यको निधन



काठमाण्डाैं । बिगतमा नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ बिद्यार्थी संगठन नेपाल प्रगतिशील बिद्यार्थी यूनियका केन्द्रिय सदस्य रहेका पञ्चयतकालका जुझारु बिद्यार्थी योद्धा डण्डु आचार्यको आज दिउसो ३.२५ बजे चन्द्रगढी झापामा असामयिक दुःखद निधन भएको छ । उनी पञ्चायती कालमा मेची क्याम्पस नेपाल प्रगतिशील बिद्यार्थी यूनियनको तर्फबाट बिद्यार्थीहरुको नेतृत्व गर्दथे ।

२०३५/३६ सालको संयुक्त बिद्यार्थी आन्दोलनको तयारीदेखि नै राजनीतिमा सक्रिय उनी बिद्यार्थी माझ आफ्ना कुराहरु प्रष्ट राख्ने र उनीहरुलाई संगठमा आबद्ध भएर ‘बैज्ञानिक शिक्षाका निम्ति लडाई आमूल परिबर्तनका निम्त पढाई’ भन्ने नाराका वरिपरी बिद्यार्थीहरुलाई गोलबन्द गर्न सक्रिय रहेका थिए ।

दिबंगत आचार्य नेपाल कम्युनिष्ट पार्टीको २०७१ सालमा धरानमा भएको एकताको राष्ट्रिय सम्मेलनमा सहभागी हुन चाहेका थिए तर बिमारीका कारण त्यसबेला उनी उपस्थित हुन सकेनन् । कमरेड पुष्पलालको नीति र कार्यक्रम बोकेको पार्टीले मात्र देशलाई आमूलपरिबर्तनको सही दिशामा लैजना नेतृत्व गर्न सक्तछ भन्ने उनको दृढ बिश्वास थियो । दिबंगत बिद्यार्थी नेता डण्डु आचार्यप्रति हार्दिक श्रद्धा सुमन !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्