अग्निपिडित लाई घर निर्माणका लागि लमही जेसिजको नगद सहयोग



दाङ । देउखुरीका अग्निपिडित हरुलाई लमही जेसिजले बुधवार राहत स्वरुप नगद सहयोग गरेको छ ।

लमही नगरपालिका वडा नम्बर ६ राप्तीटोल (ढिकपुर) का अग्निपिडित ५ घरपरिवारका लागि नगद ५१ हजार ६ सय ५ रूपैया सहयोग गरेको हो ।
लमही जेसिज बर्ष २०२१ का अध्यक्ष दुलमदास चौधरीले वडाध्यक्ष गणेशमान चौधरी र राप्ती टोल बिकाश सँस्थाका अध्यक्ष अनुप बुढा मगरलाई सँयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

७१ जना ब्यबसायी तथा जेसिज परिवार बाट सँकलित रकम हस्तान्तरण गरिएको लमही जेसिजले जानकारी दिएको छ । लमही जेसिजका अध्यक्ष दुलमदास चौधरीको शभाध्यक्ष तथा लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीको प्रमुख आतिथ्यमा नगद हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष चौधरीले भईपरी समयमा आगो निभाउन देखि खानपिनको ब्यबस्था सँगै राहत समेत उपलब्ध गराएको प्रती धन्यबाद ज्ञापन गरे । सधै सहयोगी भावना सहित लमही जेसिज अगाडी बढिरहेको प्रती खुसी ब्यक्त गर्दै उनले राहत स्वरुप उपलब्ध नगद एकद्वार प्रणाली मार्फत पिडितलाई हस्तान्तरण गरिने बताए ।

आगलागी पश्चात् अग्निपिडितलाई तत्काल खानपिनको ब्यबस्था समेत गरेको लमही जेसिजले राहत सँकलनमा पनि महत्वपुर्ण जिम्वेवारी भुमिका निर्बाह गरेको हो । घर निर्माणका क्रममा अलिकती भएपनी सहयोग मिलोस भन्दै नगद हस्तान्तरण गरिएको जेसिजका अध्यक्ष दुलमदास चौधरीले जानकारी दिए । कार्यक्रममा लमही जेसिजका पुर्ब अध्यक्ष कमल जँग सिँह ठकुरी, अध्यक्ष दुलमदास चौधरी, वडाध्यक्ष गणेशमान चौधरी लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण लमही जेसिजका महासचिब सुन्दर केसीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्