लागूऔषध सहित श्रीमान-श्रीमती पक्राउ



मोरङ । लागूऔषध सहित धरानबाट मंगलबार श्रीमान श्रीमती प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ वर्षीय बिशन घले र उनको श्रीमती २२ वर्षीया पुन्य तामाङ रहेका छन् ।

उनीहरुलाई धरान भानुचौकस्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्