‘
सैघाली खबर
काठमाडौँ ४ माघ । भारतको सर्वोच्च अदालतले फिल्म ‘पद्मावत’माथि चार राज्यमा लगाइएको प्रतिबन्ध असंवैधानिक रहेको भन्दै खारेज गरिदिएको छ। अदालतले राज्य सरकारलाई सुरक्षाको भरपुर व्यवस्था मिलाउन समेत आदेश दिएको छ ।
भारतका हरियाणा, राजस्थान, गुजरात र मध्ये प्रदेशमा राज्य सरकारले फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाएपछि फिल्म युनिट सर्वोच्च पुगेको थियो।
सञ्जयलीला भन्सालीको फिल्म ‘पद्मावत्’लाई चार राज्यले प्रतिबन्ध लगाएपछि परेको मुद्दामा बिहीबार भएको बहसपछि प्रतिबन्ध फुकुवा भएको हो।
फिल्म युनिटको पक्षमा बहस गर्दे वरिष्ठ अधिवक्त हरिश साल्वेले सैन्सर बोर्डले पुरै देशभर प्रदर्शनका लासिग अनुमति दिएका कारण फिल्मलाई प्रतिबन्ध लगाउने काम असंवैधानिक भएको भन्दै त्यसलाई हटाउन माग गरेका थिए।
सर्वोच्च अदालतको यो फैसलासँगै राजस्थानको बसुन्धर राज्य सरकारले आपतकालीन बैठक बोलाएको छ। बैठकले पद्मावत माथि सरकारको आगामि कदमका बारेमा छलफल हुने बताइएको छ।
पद्मावत विवदामा पहिलो सूचना जारी गरेको राजस्थान सरकारले आफूसँग पनि केही संवैधानिक अधिकार भएको भन्दै सर्वोच्चको फैसलालाई घुमाएर अस्वीकार गरेको छ। राजस्थानका गृहमन्त्री गुलाबचन्द कटारियाले सर्वोच्चको फैसलाबारे केही सुरक्षा अधिकारीसँग छलफल गरेका छन्। उनले यसबारेमा चाँडै कुनै निर्णयमा पुग्ने जानकारी दिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।