काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल समूहले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आफूहरुले समर्थन फिर्ता नलिने बताएका हुन्।
बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। मन्त्री ज्वालाले सरकारको समर्थ फिर्ता लिने निर्णय विधानसम्मत नभएको र बहुमतसिद्ध पनि नहुने उनले बताए।
कर्णाली प्रदेशमा एमालेबाट ज्वालासहित सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन्। प्रदेशका मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही छन्।
यस्तै, एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली निकट प्रदेश सांसदहरुको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन लिने निर्णय गरेको हो। बैठकले एमालेबाट मन्त्री भएकालाई फिर्ता हुन निर्देशन दिने निर्णय गरेको एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।