लेखक संघको अधिवेशनका लागि विभिन्न उप समिति गठन



सैघाली खबर
दाङ,४ माघ ।  लेखक संघ दाङले आगामी फाल्गुण ७ गते हुने आफनो १४औ साधारणसभा तथा अधिवेसनको लागी विभिन्न उपसमितिहरु गठन गरेको छ । लेखक संघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले साहित्यकार शंकर पौड्ेलको संयोजकत्वमा प्रतिभा छनौट एंव पुरस्कार वितरण समिति गठन गरेको छ ।
यसैगरी समितिका अन्य सदस्यहरुमा डाक्टर कृष्णराज डि.सी. र सन्ध्या रेग्मी रहनुभएको छ । यसैगरी आजको बैठकले सुदिप गौत्मको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा पिताम्बर रिजाल र सन्ध्या रेग्मी रहनुभएको छ ।
यसैगरी आजको बैठकले गोविन्द पौड्ेलको संयोजकत्वमा ब्याच,ब्यानर तथा प्रमाणपत्र तयारी उपसमिति गठन गरिएको छ भने समितिका अन्य सदस्यहरुमा हरि प्रसाद पाण्डे र हुमबहादुर डि.सी रहनुभएको छ ।
यसैगरी आजको बैठकले नारायण नेपालको संयोजकत्वमा अधिवेसनको ब्यवस्थापन उपसमिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा किशोरचन्द्र गौत्म र हरि पोख्रेल रहेको साहित्यकार सन्ध्या रेग्मीले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्