जिल्ला प्रहरी कार्यालय बझाङले जनचेतनामूलक कार्यक्रम गर्दै



बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले जिल्ला भरि कार्यक्रम गरिरहेकाे छ ।

यतिबेला सुदुरपश्चिम प्रदेशमा विभिन्न घटनाहरु घटेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले पनि विभिन्न स्थानमा कार्यक्रम गर्दै अाएकाे हाे । विगत देखि हाल सम्म डिएसपी रुपक खड्का जिल्ला अाएपछी जनसमुदायमा गएर पत्यक्ष रुपमा जनता विच कुराकानी गर्ने गरेकाे पाईन्छ ।

जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालीकाहरुका विभिन्न विद्यालय तथा सार्वजनिक स्थल अर्थात सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बझाङकाे टाेली पत्यक्ष गएर जनतालाई अहिलेकाे बढ्दाे अपराध न्युनिकरण गर्न सबैले लाग्नु पर्ने भन्दै,डिएसपी रुपक खड्काले जनसमुदाय विच अाफैले जनचेतनामूलक सन्देश दिने गरेका छन ।

जिल्ला प्रहरी कार्यालय बझाङमा डिएसपी खड्का अाएपछि विभिन्न घटनाहरु न्यूनिकरण हुँदै घटेका घटनाहरु २४ घण्टा भित्र अपराधी लाई प्रहरीले समात्न सफल भएको पाईन्छ ,अहिले जिल्लाकाे शान्ति सुरक्षा निकै अव्वल भएको पाईन्छ भने जिल्ला बासि सुरक्षा निकाय देखि निकै हर्षित भएको पाईन्छ । हामी सँग कुरा गर्दै खड्काले भने जिल्लामा रहेका विभिन्न विद्यालयमा गएर विद्यार्थी भाईवहिनिहरुलाई सामाजिक सञ्चालनकाे धेरै दुरुपयोग भएको हुदा सचेतनामुलक सन्देश राख्न अनुराेध गरेकाे र अपरिचित व्याक्ति सँग साथि नहुन र जथाभावी रुपमा म्यासेजमा कुरा नगर्न अाग्रह गर्नुभएको हाे ।

पछिल्लो समय सामाजिक सञ्जाल बाट धेरै घटना हुने गरेकोले यस विषयमा जनचेतनामूलक सन्देश दिएकाे डिएसपी खड्काले बताए । गाउँघरमा हुने घटना परिघटना बारे १०० मा फाेन गर्न पनि अाग्रह गर्दै कुनै प्रहरीले गल्ती गरेकाे छ भने पनि प्रहरी चाैकिमा सुचना पेटिका राखेकाे र जनताको सजिलाेकाे लागि साे कार्य गरिएकाे हाे । सबैलाई समाज रुपान्तरणमा लाग्न भन्दै,कु सस्कार कुरिति र छाउपडी प्रथा अनत्य गर्न सबैलाई एकिब्दता जनाउदै प्रहरी सँग हातेमालो गर्न अनुराेध गरिएको छ । अहिले प्रहरी मेराे साथि भन्दै,जनचेतनाका लागि बजार चाेक चाेकमा जनचेतनामूलक हाेडिङ्ग बाेड टासिंएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्