टप फिचर

नेपाल टेलिकमको सञ्चालक पदमा पौडेल निर्विरोध निर्वाचित

By Thaha - Online

March 18, 2021

काठमाडाैँ। नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्। पब्लिक शेयर धनीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा लगानीकर्ता पौडेल सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन्।

टेलिकमको सञ्चालक पदमा मनोनयन दर्ताको समय बिहीबार दिउँसो २ बजेसम्म मात्रै रहेको थियो तर २ बजेसम्म पौडेलको मात्रै मनोनयन परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

पौडेल नेपाली शेयर बजारका अनुभवि खेलाडी हुन्। नेपाल टेलिकममा सरकार ९१.४९ प्रतिशत, सर्वसाधारणको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व रहेको छ।