पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने भएको हो । बैठकमा दलका नेताहरूले बोल्ने कार्यक्रम छ । संघीय संसद सचिवालयका अनुसार अध्यादेश र विधेयक पेश गर्ने कार्यसूची भने छैन ।
सर्वोच्चको फैसलाले प्रतिनिधि सभा व्युँतिए पनि सरकारले विजनेश दिएको छैन । सरकारले प्रतिनिधि सभालाई प्रभावकारी ढंगले सञ्चालन गर्न नचाहेको प्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाउने गरेको छ ।
यसअघि बसेका प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव पारित भएका थिए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।