प्रधानमन्त्री देउवाको पुत्ला दहन



दाङमा चर्कियो आन्दोलन

 

सैघाली खबर

दाङ ४ माघ । प्रदेश नम्वर ५ को अस्थायी राजधानी दाङलाई नतोकेको बिरोधमा जिल्लाका बिभिन्न स्थानमा बिरोध प्रर्दशन गरिएको छ । प्रर्दशनकारीले जिल्लाका बिभिन्न स्थानमा प्रधानमन्त्रि शेर बहादुर देउवाको पुत्ला समेत दहन गरेका छन । तुलसीपुरमा स्वत स्फुर्त रुपमा बिरोध प्रर्दशनमा उत्रिएका हजारौ युवाहरुले शेरे चोर देश छोड , दाङ राजधानी तोक , दाङलाई अन्याय गर्न पाईदैन जस्ता नारा जुलुस लगाएका थिए ।

 

यसैबीच दाङ राजधानी सरोकार समितिले भने विभिन्न निर्णय गर्दै आन्दोलन थप चर्काउने निर्णय गरेको छ । होटल लगायत बजार बन्द गर्ने, एम्बुलेन्समा बिरामी छ , छैन त्यसको एकिन गरेर मात्रै चल्न दिने, अटो, रिक्साहरू समेत सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । त्यस्तै, दाङमा आन्दोलन लाई थप शसक्त बनाउन दलहरुले सङघर्ष समिति गठन गरेका छन । नेकपा एमालेको नेतृत्वमा काङ्ग्रेस र माओबादि केन्द्र लाई समितिमा राखिएको छ ।

यसका साथै, आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्ने गरि जिल्लाका सबै जनप्रतिनिधिहरूलाई बन्धक बनाउने, सम्पूर्ण नेता तथा सरकारका प्रतिनिधिहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने, माघ २४ मा दाङमा हुन लागेको ५ नं प्रदेशको राष्ट्रिय सभा चुनाव हुन नदिने, कुनैपनि प्रकारको कर नतिर्ने ,राजमार्ग केन्द्रीत आन्दोलनलाई सशक्त बनाउने लगायतका कडा आन्दोलनको स्वरुप तय गरेको दाङ राजधानी सरोकार समितिका सदस्य सचिव सविन प्रियासनले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्