सैघाली खबर
काठमाडौं, ४ माघ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रदेश राजधानीको विषयमा संयमता गुमाउँदा संघीयता नै धरापमा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । नेता ज्ञवालीले ट्वीटमार्फत प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने अधिकार प्रदेश सभाका सांसदहरुको भएको बताएका छन् ।
नेता ज्ञवालीले भनेका छन, “प्रदेशका अस्थायी मुकामको विषयलाई लिएर विरोधमा उत्रिएका साथीहरूलाई आग्रह छ– संयमित हुनुहोस् ।
प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने अधिकार तपाईँहरुले नै चुनेका सभासदहरूलाई छ ।
उहाँहरूले अवश्य विवेक पुराउनु हुनेछ । संयम गुमाउँदा संघीयता नै धरापमा पर्न सक्छ ।”
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।