कपिलबस्तु चैत्र ६ । नेपाल बाल संगठन कपिलबस्तुको यही फागुन २२ साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले गोपालमणी ज्ञवालीको सभापतित्वमा ८ सदस्यीय समिती सर्व सहमत रुपमा चयन गरेको हो ।
नेपाल बाल संगठन शाखा कपिलबस्तुको निर्वाचित समितीको आज प्रथम बैठकले भने कार्यविभाजन तथा जिम्मेवारी प्रदान गरेकोे छ । सभापति गोपालमणी ज्ञवाली , उप–सभापति श्याम प्रसाद सुवेदी,सचिव श्याम प्रकाश प्रजापती,कोषाध्यक्ष सन्तोष कुमार श्रीवास्तवलाई जिम्मेवारी दिइएको छ ।
यस्तै सदस्यहरुमा सन्दीप प्रताप मौर्य , प्रेमकला थापा, निर्माला न्यौपाने र कृष्ण सापकोटाले जिम्मेवारी पाएका छन् ।
नेपाल बाल संगठन शाखा कपिलबस्तुका सभापति गोपालमणी ज्ञवालीले अनाथ, असहाय बालबच्चालाई देख्दा आफ्नो मनै भावबिह्वल हुने बताउदै “उनीहरुलाई समितिले साथ र सहयोग गर्नुपर्छ, उनीहरुपनि आफ्नै बालबच्चा जस्तै हुन्” । साथै जिल्लाका सम्पूर्ण स्थानिय तह लाई सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । यसैले प्रत्येक नगरपालिका तथा गाउपालिका समेटिने गरि सदस्यता वितरण गरिएको सभापति गोपालमणी ज्ञवालीले बताउनुभएको छ ।
यस्तै बाल संगठनका सचिव श्याम प्रकाश प्रजापतीले विभिन्न कारणले अभिभावकबिहीन बन्न पुगेका बालबालिकाहरुको हक हितको रक्षा प्रदान गर्न र ती बालबालिकाको संरक्षण गर्नेगरी प्रभावकारी काम गर्न आफु अग्रसर रहेको बताउनु भयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।