काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आइपीओ) मा पहिलो दिन नै २ लाख ५० हजार ४२५ जनाले आवेदन दिएका छन्। पहिलो दिन २ लाख ५० हजार ४२५ जना आवेदकले ४२ लाख ३१ हजार १७० कित्ताका लागि ४२ करोड ३१ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन्।
२९ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकी रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ। लगानीकर्ताले चैत्र १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।