महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त



काठमाण्डाै। रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि अग्निप्रसाद खरेलले महान्यायाधिवक्ताकाे पदबाट राजीनामा दिएका थिए। उनले यसलाई सामान्य रूपमा लिन आग्रह गरेका छन्।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिँदै अब राजनीतिमा फर्किने बताएका छन्। उनले भने, ‘आज चाहिँ मैले लेखिए बमोजिमको काम गरेर आएको छु। सम्माननीय प्रधानमन्त्रीलाई मैले भेटेको छु र मैले आफ्नो पदबाट राजीनामा दिएको छु। यसो गरिरहँदाखेरी मैले प्रधानमन्त्रीसँग र मेरो सम्बन्धका बारेमा पनि अघिल्ला मिडियामा केही कुरा लेखिएका थिए। ती कुरा होइनन्। प्रधानमन्त्री र मेरो सम्बन्ध अत्यन्तै सुमधुर छ। राम्रो छ। प्रधानमन्त्रीसँग मैले छलफल नै गरेर मैले यो पदबाट तीन वर्ष पूरा गरेँ र मैले राम्रै गरेको छु भन्ने मलाई लाग्या छ।’

उनले राजीनामापछि आफू राजनीतिको खुला मैदानमा प्रवेश गर्ने बताएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्