बर्दिया दाङको समर्थनमा



सैघाली खबर
दाङ, ४ माघ ।

बर्दियाका राजनीतिक दल र सांसदहरुले दाङ प्रदेश राजधानी नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

एमालेका जिल्लास चिव शालिकराम अधिकारी, माओवादी केन्द्रका जिल्ला अध्यष भुवनकुमार थारु, प्रदेशसभा सदस्यहरु तिलक शर्मा, कविराम थारु, कुलप्रसाद पोख्रेल र दिपेश थारुले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन् ।

‘५ नम्बर प्रदेशको उपयुक्त स्थान दाङमा प्रदेश केन्द्र स्थापनाका लागि जोडदार माग गर्दै आन्दोलनका लागि बर्दियावासी आम जनसमुदायलाई तयार रहन र आन्दोलनमा जुट्न हार्दिक आव्हान गर्दछौं’– विज्ञप्तिमा भनिएको छ– ‘जनभावनाविपरीत गरिएको अस्थायी केन्द्र तोक्ने निर्णय तुरुन्त नच्याइए ५ नम्बर प्रदेशको विकल्प खोज्नसमेत हामी बर्दियावासी बाध्य हुनेछौं ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्