आज काठमाडौं उपत्यकाका यी ठाउँमा बिजुली नआउने



काठमाडौं। आज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा केही समय बिजुली नआउने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारण बत्ती जाने जानकारी दिएको हो।

बानेश्वर वितरण केन्द्र अन्तर्गतको कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कुल, सीसीआरसी कलेज, सूर्यकोट गेटसम्म बिजुली जाने प्राधिकरणले जनाएको छ।

यी ठाउँमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ। सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काट्न लागिएको प्राधिकरणले जनाएको छ।

यस्तै, बत्तीसपुतली क्षेत्रमा बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म ८ घण्टा बिजुली नआउने प्राधिकरणले जनाएको छ। पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगङ्गा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा पनि लाइन मर्मत गर्न बिजुली काट्न लागिएको सूचनामा उल्लेख छ। प्राधिकरणका अनुसार आज देशका अरु विभिन्न ठाउँमा पनि लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्