धादिङ । त्रीपुरासुन्दरी गाउँपालिका धादिङ वडा न. १ बस्ने विपना गिरी क्यान्सर पिडित भई लामो समय देखी राष्ट्रिय ट्रमा सेन्टरमा उपचारथ छिन । अहिले उनी जीवन र मृत्युको दोसाँधमा छट्पटी रहेकाे र उनलाई क्यान्सर जस्तो प्राणघातक रोगले आक्रमण गरेको छ ।
डाक्टरका अनुसार उपचारको लागी १० लाख रुपैयाँ आवश्यक पर्ने बताएका छन् । तर उनी गरिव परिवारकी छोरी भएकै कारण उपचारको लागि पैसको संकट भएको हुनाले उनको उपचारको लागि सामाजिक संजालमा सहयोग अभियान पनि चलाइएको छ। साथै विपनाकाे उपचारकाे लागी अपिल गरिएकाे छ । मेघा बैंक त्रिपुरासुन्दरी गाउँपालिका धादिङ समुन्द्र गिरी खाता न ०९४००५००२४७२१ रहेको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।