नेकपा(एमाले) दाङको अध्यक्ष म हाे ,यसमा कसैले दाबी नगर्दा हुन्छ : हुकुम बस्नेत



काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका अध्यक्ष हुकुम बस्नेत संग समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर शरद रिजालले टेलिफोन बाट गरेको कुराकानी सारसंक्षेपमा…
 तपाईको व्यस्तता आजभोलि केमा रहेको छ ?
म नोपाल कम्युनिष्ट पार्टी (एमाले) को दाङ जिल्ला अध्यक्ष भएको कारण पार्टीले दिएको जिम्मेवारी अनुरुप पार्टी निर्माण अभियानमा लागेको छु । पार्टीका भातृसंगठनहरुलाई पूर्णता दिने काममा मेरो व्यस्तता रहेको छ । समाजमा हुने हरेक समाजिक क्रियाकलापमा म सरिक हुने गरेको छु । विशेषगरी मेरो व्यवस्तता सामाजिक क्षेत्रमा रहेको छ ।

नेकपा विघटन पश्चात दाङमा एमालेको संगठन कस्तो छ ?
नेकपा एमालेको संगठन दाङमा एकदमै राम्रो छ । एमालेका प्रत्येक कार्यकर्ताहरुमा उत्साह थपिएको छ । जोस र जाँगरका साथ कार्यकर्ताहरु संगठन निर्माणमा लाग्नुभएको छ । हिजोका दिनमा पूर्णता नपाएका पार्टीका भातृसंगठनहरुले पूर्णता पाइरहेका छन् । प्रत्येक कार्यकर्ताहरुलाई संगठनको जिम्मेवारी दिने क्रम जारी छ । जिल्लाका दश वटै स्थानीय निकायमा अगुवा कार्यकर्तासंग हाम्रो भेटघाट एवं छलफल चलिरहेको छ । संगठनको काम चुस्तदुरुस्त रुपमा अघि बढेका छन् । एमाले प्रती जनताको आकर्षण बढ्दोे छ । युवापंक्तिको रोजाइको राजनीतिकदल एमाले बनेको छ । समृद्ध दाङको सपना एमाले सरकारको पालामा पुरा हुने विश्वास दङ्गालीले लिएका छन् । एमाले दाङको संगठनलाई मजवुत बनाउन नेता, कार्यकर्ताहरु अहोरात्र खटीरहनुभएको छ, जनतामाझ पुगीरहनु भएको छ, जनताले दिएको सल्लाह, सुझावलाई अनुशरण गर्दै समग्र दाङको विकासमा लाग्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ । समग्रमा भन्नुपर्दा दाङ जिल्लामा एमालेको सांगठनीक अवस्था एकदमै राम्रो छ ।

नेकपा विघटनले केही कार्यकर्ताहरु हतोत्साहित भएको देखिन्छ नि ?

जुन लक्ष्य र उद्देश्यका साथ तत्कालिन समयमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण भएको थियो त्यो धेरै दिन टिकेन । माओवादीका शीर्ष नेताहरुले सदैव काममा अवरोध पु¥याउने गरेका कारण नेकपा विघटन भएको हो । नेकपामा रहने बेला केही एमालेका साथिहरुको आत्मियता माओवादीका साथिहरुसंग बढेका कारण उहाँहरु हतोत्साहित हुनुभएको छ तर ढिलोचाँडो उहाँहरु संगठनको काममा खट्नु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

नेकपा विघटन पश्चात नेकपा एमाले पूर्णरुपमा एक भएको छ त ?
नेकपा एमाले भित्रका केही साथिहरु अझैपनि पूर्णरुपमा एकतावद्ध भई पार्टीको काममा खट्नु भएको छैन । एमालेका शीर्ष नेताहरुले छुट्टै भेला र गुटवन्दी गरेका कारण नेकपा एमाले पूर्णरुपमा एकढिक्का नभएको जस्तो देखिएको हो । ढिलोचाँडो सहमति र सहकार्य हुन्छ भन्नेमा हामी विश्वस्त छौं । पार्टी अध्यक्षले गरेका राम्रा कामको सहि मूल्याङ्कन गर्न म शीर्ष नेतृत्वलाई आग्रह गर्दछु । स्थानीय स्तरका नेता कार्यकर्ताहरुलाई कुनै गुटमा नलागी नेकपा एमालेको संगठन निर्माण अभियानमा जुट्न म अनुरोध गर्दछु । नेकपा एमालेका केही नेता कार्यकर्ताहरुले एमाले विरुद्ध गतिविधि गरिरहेको देखिन्छ ।

गलत वा  त्यस्ता नेता कार्यकर्ताहरुलाई कसरी पार्टीको लाइनमा ल्याउने सोंचमा हुनुहुन्छ ?नेकपा एमालेका सबै नेता कार्यकर्ताहरु सक्षम हुनुहुन्छ । पार्टीको विधान सबैले अध्ययन गर्नुभएको छ । साथिहरुलाई सुध्रीएर पार्टीको काममा खट्न हामीले पटक–पटक आग्रह गरेका छौं । हामीलाई विश्वास छ पार्टीको लाइन भन्दा बाहिर उहाँहरु धेरै दिन बस्न सक्नुहुन्न । ढिलोचाँडो साथिहरु पार्टीको लाइनमा आउनु हुन्छ भन्ने विश्वास हामीले लिएका छौं । नेकपा विघटन पश्चात कम्युनिष्ट प्रति जनताको विश्वास घटेको आ“कलन गर्न थालिएको छ ।

यस विषयमा तपाईको भनाई के छ ?
मैले कहिँकतै कम्युनिष्ट प्रति जनताको विश्वास घटेको पाएको छैन् यो कुरामा कुनै सत्यता छैन । आरोप लगाउनेहरुले मिथ्या आरोप लगाएका मात्र हुन् । हिजो पनि हामी कम्युनिष्ट नै थियौं, आज पनि कम्युनिष्ट नै हौं । समयक्रमअनुसार माओवादी केन्द्र र एमाले पार्टीबीच एकता भयो तर त्यो धेरै दिन टिकेन माओवादी साथिहरु आफ्नो पार्टीमा फर्किनु भयो भने एमालेका साथिहरु आफ्नो पार्टीैमा फर्कनु भयो । यसले के कुराको पुष्टि गर्छ भने– एकै थलोमा भएका कम्युनिष्ट आ–आफ्नो घर गएका छन् तर कम्युनिष्ट प्रतिको आकर्षण घटेको छैन । जहाँसम्म नेकपा एमालेको कुरा गर्नुहुन्छ भने नेकपा एमालेका कुनै पनि कार्यकर्ता दायाँवायाँ गर्नुभएको छैन । अन्य पार्टीहरुबाट सयौंको सख्यामा एमाले प्रवेश गर्ने क्रम जारी नै छ । हामीले देउखुरीमा गरेको आमसभालाई हेर्नुभयो भने, त्यहाँ ५० औं हजार जनता आएका थिए त्यसैले मलाई लाग्छ हिजोको तुलनामा भन्दा आज नेकपा एमाले प्रति जनता आकर्षित भईरहेका छन् ।
एमाले भित्रको चरम गुटबन्दी छताछुल्ल देखिन्छ ।

यसले निर्वाचनमा असर पार्ने त होइन ?
सरकारले अझै निर्वाचनको समय तोकेको छैन् । पार्टीभित्र वैचारीक मत भिन्नता रहन्छन् । शीर्ष नेतृत्वले संवादबाट निकास निकाल्छ भन्नेमा हामीहरु ढुक्क छौं । प्रत्येक पार्टीहरुमा वैचारीक मत भिन्नता रहने गर्छन् नेकपा एमालेमा पनि त्यो देखिएको छ । निर्वाचनको समयसम्म यो साम्य हुन्छ भन्नेमा हामी आशावादी छौं ।
एमाले दाङ नेतृत्वको विषयमा आधिकारीक नेतृत्व को भन्ने आइरहेको छ ।

कार्यकर्ताले आधिकारीक नेतृत्व कसलाई स्वीकार गर्ने ?
जुन समयमा पार्टी संकटमा थियो, त्यो समयमा पार्टीलाई चलायमान हामीले बनाएका हौं । आफ्नो अस्तित्व खोज्नेले हिजो सडकबाट हामीहरुलाई साधारण सदस्य समेत नरहने गरी हामीले त उहाँहरुलाई कारवाही पनि गरेका छैनौं । आउनुस् संगठनको काममा लागौं भनिरहेका छौं । हिजोका दिनमा हामीलाई तथानाम गालिगलोज र हाम्रो राजनीति नै सक्ने हेतुले लागेकाहरुले जिम्मेवारी माग्नु हास्यास्पद छ । दाङको सन्दर्भमा कुरा गर्नुपर्दा नेकपा एमालेको जिल्ला अध्यक्ष म हुकुम बस्नेत हुँ , यसमा कसैले दावि नगर्दा हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्