प्रदेश प्रमुखको शपथग्रहण आज हुने



सैघाली खबर
काठमाडौं,५ पुस


सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपतिका विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । बिहीबार सार्वजनिक बिदा परेकाले शपथग्रहण शुक्रबारलाई सरेको हो ।

यसैबीच, निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन तयार गरेको छ । प्रदेश प्रमुखले शपथग्रहण गरेपछि लगत्तै प्रतिवेदन बुझाउने गरी राष्ट्रपति कार्यालय र सरकार सँग समन्वय भइरहेको आयुक्त नरेन्द्र दाहालले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्