अमेरिकी सेनाले गरे श्रमिक शान्ति माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयाेग



ललितपुर । अमेरिकी सेनामा कार्यरत भरतसिंह पेलाले ललितपुर मनपाको वडा नं ९ को च्यासलमा रहेको श्री श्रमिक शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न सामग्री सहयोग गरेका छन् । कार्यक्रम विद्यालय व्यवस्थापन सदस्य राजु व्यञ्जनकारको प्रमुख अतिथिमा भएको हो ।

कार्यक्रममा प्र.अ.सानुलाल व्यञ्जनकार, स.प्र.अ पवनविक्रम कार्की तथा शिक्षक प्रतिनिधि उद्धवप्रसाद तिमल्सिना पनि उपस्थित थिए । अनाथ, असहाय एवम् आर्थिक स्थिति नाजुक रहेका जेहेन्दार छात्रछात्रा छनौट गरि कक्षा १ देखि कक्षा ८ सम्मका २५ जना विद्यार्थीलाई एकएक सेट स्कुल ड्रेस तथा करिब एकवर्षको लागि स्टेसनरी सामग्री प्रदान गरियो ।

सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा खुस्बु यादवको आर्थिक स्थिति एकदमै कमजोर रहेका कारण उनको अभिभावकले पढाई छुटाउन लागेको खबर प्राप्त हुनासाथ यादवको एकवर्षको शुल्क सहित जम्मा २६ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

आजका बालबालिका भविष्यका कर्णधार भएकाले आर्थिकरुपमा विपन्न देशका कोही पनि बालबालिकाहरू शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले सक्दो आर्थिक सहयोग गरेको सहयोगदाता पेलाले प्रतिकृया दिए ।


TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्