सैघाली खबर
काठमाडौं,५ पुस
नेपाली कांग्रेसका केन्द्रीय कार्य समिति बैठक आजपनि जारी रहने छ । हिजो देखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीको हारबारे गम्भीर समीक्षा गर्न माग गरेका छन् । बैठकमा बोल्ने अधिकांश सदस्यहरुले हारको कारण पहिल्याएर पार्टीलाई सशक्त ढंगबाट अघि बढाउन माग गर्दै सभापति देउवाको आलोचना पनि गरेका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकको एजेण्डा राष्ट्रियसभा चुनाव मात्र भनिए पनि केन्द्रीय सदस्यहरुले समग्र राजनीतिक अवस्था र चुनावी परिणामबारे छलफल गर्नुपर्ने बताएका थिए । हिजोको बैठकमा नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा रामशरण महत, अर्जुननर सिह केसि, महेश आचार्य, दिलेन्द्र प्रसाद बडु, एन पि साउद लगायतले धारणा राख्नु भएको थियो ।उहाँहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ब्यहोर्नु परेको हारका विषयमा गम्भीर र विस्तृत छलफल गर्नसभापति शेरवहादुर देउवालाई सुझाव दिनुभएको छ । तर सभापति देउवाले चाँडै महासमितिको बैठक बोलाउने प्रस्ताव गर्दै निर्वाचनको समिक्षा त्यसबेलै हुने बताउनुभएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।