रमेश पुरुष , साफेबगर
८ चैत्र २०७७
५६ औ अन्तर्राष्ट्रिय जाती भेद उन्मुलन दिवस समाजमा जातीय विभेद अन्त्यका लागि युवाको भुमिका विषयक वक्तृत्वकला साफेबगरमा सम्पन्न भएको छ ।दलित नगर संजाल साफेबगर को आयोजना तथा साफेबगर नगरपालिका को आर्थिक सहयोग र दलित सेवा संघ बयालपाटा को संयोजनमा भएको हो । कार्यक्रम मा साफेबगर नगरपालिका का माध्यमिक बिध्यालय को सहभागिता रहेको थियो जस्मा कालिका मा बि पातलकोट , हिमालय मा बि खाल्सैन , बर्च हिल एकेडेमी साफेबगर , किन्डर गार्डेन एकेडेमी सागेबगर , प्रभा धम्कोट मा बि सिद्धेश्वर , घुघुरकोट मा बि घुघुरकोट , बेतालमान्डौ मा बि घुघुरकोट ,बुढाकोट मा बि बुढाकोट गरि जम्मा ८ वटा बिध्यालय को सहभागीता रहेको हो । बक्तृत्वकला मा बेतालमानडौ मा बि प्रथम , बुढाकोट मा बि दित्तिय ,किन्डर गार्डेन एकेडेमी तृतीय ,बर्च हिल एकेडेमी सान्त्वना भएका छन ।
साफेबगर नगरपालिका का नगर प्रमुख कुल ब कुवर प्रमुख अथिती रहनु भयको जाति उन्मुलन दिवसकार्यक्रम मा विभिन्न पार्टीका प्रतिनिधि , अछाम जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी सस्था , दलित अभियानता लगायत संचारकर्मी को सगभागिता रहेको थियो ।टक्कर ताम्राकार ,शेर ब सार्की , राजेन्द्र बगरकोटी , मिलन बाब्लि ,सुरत भुल , जंग बि क , ले शुभकामना मन्तव्य राख्नु भएको थियो । दलित नगर संजाल का अध्यक्ष सुरत भुल को अध्यक्षता मा सुरु भएको कार्यक्रमको संचालन दलित अगुवा ललित रैगाइले गर्नु भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।