५ नं. प्रदेशको मुकाम दाङ तोक्न मागगर्दै बर्दियामा पनि आन्दोलन



 

सैघाली खबर

बर्दिया ५ माघ । ५ नं. प्रदेशको अस्थायी मुकाम दाङ तोक्न मागगर्दै बर्दियामा पनि आन्दोलन सुरु गरिएको छ । । बर्दियामा रहेका सम्पूर्ण राजनितिक दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सुरु उनिहरुले दाङलाई अस्थायी मुकाम तोक्न माग गरेका हुन । त्यसका साथै बर्दियाका राजनीतिक दल र प्रदेश सांसदहरुले दाङ प्रदेश राजधानी नभए प्रदेशको विकल्प खोज्ने बाध्य हुने चेतावनी दिएका छन् ।

विज्ञप्ती जारी गर्दै राजनीतिक दलका प्रमुख तथा प्रदेश सांसदहरुले प्रदेशको कुनामा राखिएको राजधानी आफूहरुलाई स्वीकार्य नहुने भन्दै विकल्प खोज्ने बताएका हुन् । नेकपा एमाले जिल्ला सचिव शालिकराम अधिकारी, माओवादी केन्द्रका जिल्ला अध्यक्ष भुवनकुमार थारु, प्रदेशसभा सदस्यहरु तिलक शर्मा, कविराम थारु, कुलप्रसाद पोख्रेल र दिपेश थारुले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन् ।

‘५ नम्बर प्रदेशको उपयुक्त स्थान दाङमा प्रदेश केन्द्र स्थापनाका लागि जोडदार माग गर्दै आन्दोलनका लागि बर्दियावासी आम जनसमुदायलाई तयार रहन र आन्दोलनमा जुट्न हार्दिक आव्हान गर्दछौं’– विज्ञप्तिमा भनिएको छ– ‘जनभावनाविपरीत गरिएको अस्थायी केन्द्र तोक्ने निर्णय तुरुन्त नच्याइए ५ नम्बर प्रदेशको विकल्प खोज्नसमेत हामी बर्दियावासी बाध्य हुनेछौं ।’

प्रदेशको अस्थायी राजधानी १२ वटै जिल्लालाई पायक पर्ने ठाउँमा नतोकी पूर्वी कुनामा रहेको रुपन्देहीलाई तोक्नु कुनै पनि हालतमा न्यायसंगत र स्वीकार्य हुन नसक्ने भन्दै दल तथा सांसदहरुले संघीयतालाई कमजोर पार्ने र अस्थिरता ल्याउने दुरासयपूर्ण भावनाबाट प्रेरित रहेर प्रदेशको केन्द तोकिएको आरोप लगाएका छन् ।

पुनःसंरचना आयोगको सिफारिस, विज्ञहरुको सुझाव र भौगोलिक समदूरीका हिसाबले प्रदेश मुकाम तोक्न नसक्नु सरकारको असक्षमता भएको उनीहरुको आरोप छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्