कमल बिक्रम जिसी , काठमाण्डाैं । कतारले नेपालसहित विभिन्न ८ मुलुकमा स्थापना गरिएको कतार भिसा सेन्टर (क्यूभिसी) आप्रवासी कामदारहरुको हकहितका लागि भएको दाबी गरेको छ ।पछिल्लो समय कतारका लागि कामदारको राम्रो व्यवस्था गर्न नसकेको भन्ने कुरा चलिरहेकै बेला हकहितका लागि काम गरेको बताएको हो।
शनिबारदेखि वृद्धि गरिएको कामदारहरुको तलबबारे जानकारी दिन आयोजित एक कार्यक्रममा कतारका अधिकारीहरुले कतारले नेपालसहित ८ मुलुकमा २० वटा क्यूभिसी स्थापना गरेको भन्दै ती भिसा सेन्टरहरुले एकीकृत रुपमा कामदारको आफ्नै मुलुकमा सेवा दिएर शोषण मुक्त गरी उनीहरुको अधिकारको सुरक्षा गरिएको बताए ।
कतारले नेपालसहित भारत, श्रीलंका, इण्डोनेशिया, बंगलादेश, पाकिस्तान, फिलिपिन्स र ट्युनिशियामा कामदारहरुको भिसा प्रक्रिया सम्बन्धी काम गर्ने भिसा सेन्टर स्थापना गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।