कपिलबस्तु फागुन ९
कपिलवस्तु काे महाराजगन्ज नगरपालिका का विद्यालयहरुमा विद्यालय प्रहरी साझेदारी कार्यक्रमको नयाँ पाठ्यक्रम शुरु भएको छ । विद्यालय स्तरमा हुने हिंसा, दुव्र्यवहार र अपराधका गतिविधि रोकथाममा कपिलवस्तु प्रहरीले विद्यालय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नयाँ पाठ्यक्रम तयार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विद्यालय प्रहरी साझेदारीको उद्धेश्यका साथ विद्यालयका विद्यार्थी लक्षित पाठ्यक्रम तयार पारेको हो । जिल्ला भरीका सबै गाउपालिका र नगरपालिका मा लागुहुने गरि उक्त कार्यक्रम अन्तरगत तयार पारिएको पाठ्यक्रम महाराजगन्ज नगरपालिका कम सबै विद्यालयका प्रद्यानाध्यापकहरुलाई वितरण गरिएको छ ।
तयार पारिएको पाठ्यक्रममा लागु औषध दुव्र्यसनी, धुम्रपान, मद्यपान र मादक पदार्थ सेवन, साईबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बाल विवाह, दाईजो प्रथा, बाल बालिका बिरुद्ध हुने अपराधहरु र लैगिंक हिंसाको प्रतिबादका बिषय समेटिएको छ ।
पछिल्लो समय विद्यालयका किशोर किशोरी नै विभिन्न हिंसा र कुलतमा परेकाले समाजमा अपराध न्युनिकरण गर्ने उद्देश्यका साथमा विद्यालयका लागी उपयोगी पाठ्यक्रम निर्माण गरिएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी चक्रपाडी पाण्डेले कार्यक्रम नयाँ भएकाले विद्यालयमा राम्रो प्रभाव पर्ने बताउदै विद्यार्थीलाई नैतिक शिक्षा दिन जरुरी भएकोे र बालबालिकाहरु धेरै कुलतमा लागेकाले उहाहरुको संरक्षणमा अभिभावक, शिक्षक र सरोकारवाला चनाखो हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महाराजगन्ज नगरपालिका का अध्यक्ष अब्दुल कलाम मुसल, उपाध्यक्ष सुभावती कुर्मी , प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेल , थानेश्वार प्रसाद अधिकारी , इलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रमुख हिमनाथ घिमिरे , शस्त्र प्रहरी बल महाराजगन्ज का प्रमुख मीन राज भट्टा ,विभिन्न वडाका वडाध्यक्षहरु लगायत अन्य कारणबाट हुने अपराध, लागु पदार्थको दुव्र्यसनी र अन्य सामाजिक अपराधबारे समयमै सचेत गराउन सकिने बातावरण बन्ने बताएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।