निखिल उप्रेतीसँग सौगात मल्ल र विपीन कार्कीको भिडन्त



सैघाली खबर,
काठमाडौं, ५ माघ । यो शुक्रबार दुईवटा नेपाली चलचित्र एक साथ हलमा लाग्दैछन् । दुवै चलचित्र चल्ने धेरैले आस गरेका छन् । १७ वर्षअघि निर्माण भएको ‘पिँजडा’ कै शीर्षक सापटी लिएर बनाइएको ‘पिँजडा ब्याक अगेन’ र ‘लालपुर्जा’ आज एक साथ हलमा लागेका हुन् ।‘पिँजडा ब्याक अगेन’ मा निखिल उप्रेती एक्सन स्टारका रूपमा पुनः पर्दामा देखिएका छन् । ‘लालपुर्जा’ मा सौगात मल्ल र विपीन कार्कीको मुख्य भूमिका रहेको छ । चलचित्रकर्मीले सिनेमा हलमा निखिल भर्सेस सौगात र विपीन कार्की भिडन्त मानेका छन् ।

‘पिँजडा ब्याक अगेन’मा निखिलसँग नायिका सारा श्रीपालीको जोडी छ । बुधबार भएको प्रिमियरमा धेरैले साराको अभिनय र निखिलको एक्सनलाई रुचाएका थिए ।

चलचित्रमा निखिल र सारासहित पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा, प्रदीप दाहाल, सुस्मिता केसी, सुन्दर श्रेष्ठ, उत्तम केसी तथा बालकलाकार कुशाग्र भट्टराईलगायतको अभिनय छ ।

निगम श्रेष्ठ निर्देशित चलचित्र ‘लालपुर्जा’ मा सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा, कुमार नगरकोटी लगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक श्रेष्ठले जग्गालाई लिएर हुने दाजुभाइको झगडा तथा भौतिकवाद र अध्यात्मवादको लडाइँ चलचित्रमा प्रस्तुत गरेका छन् । चलचित्रको बिहीबार साँझ प्रिमियर गरिएको थियो ।
‘पिँजडा ब्याक अगेन’ सिंगल थिएटर र ‘लालपुर्जा’ लाई मल्टिप्लेक्स चलचित्र मानिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्