वडा स्तरीय कप अतरपरीले जित्यो



कपिलवस्तु जिल्लाको मायादेवी गाउपालिका वडा नं. ३ को अतरपरी गाउमा संचालित वडा स्तरीय क्रीकेट टुर्नामेंटको आज भएको फाइनल खेलमा खैराटीलाई ३ विकेटले हराउदै अतरपरीले कप तथा पुरस्कार हात पारेको छ। वडा कार्यालयको सहयोगमा जानकी युवा क्लव द्वारा आयोजित सप्ताहव्यापी को टुर्नामेंटमा गाउँ स्तरीय नौ टीमले भाग लिएका थिए।

विजयी टीम तथा खेलाडीहरुलाई वडा अध्यक्ष सुकदेव प्रसाद तिवारी पुरस्कार तथा कप प्रदान गरेका छ्न। टुर्नामेंटका अम्पायर हरिश्चन्द्र यादव, राजेश कलवार, मनोज वरई, दर्शन यादव तथा कमेन्टेटर परमानन्द दुबेलाई प्रमाणपत्र सहित सम्मानित गरिएको छ। समाजसेवी नारायण यादव , जीतबहादुर यादव , वडा सदस्य अलिहसन मुसलमान , नवलकिशोर पाण्डेयको आतिथ्यतामा तथा वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीको अध्यक्षता तथा आयोजक विशाल सिंहको संचालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्