नेपाल कम्युनिष्ट पार्टीका नेता बीरबल को निधन



बुटवल। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा तत्कालीन पाल्पा जिल्ला संयोजक गीरबहादुर थापा (बीरबल) को निधन भएको छ। मधुमेहलगायत रोगबाट बिरामी पर्दै आएका थापाको मंगलबार बिहान ४ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो।

१० वर्षे जनयुद्धकालमा सरल, इमान्दार र कर्तव्यनिष्ठ नेताको पहिचान बनाएका थापा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकतामा जिल्ला सचिव थिए। स्वास्थ्यका समस्याले गर्दा उनी पछिल्लो समयमा राजनीतिमा सक्रिय हुन सकेका थिएनन्।

रैनादेबी छहरा गाउँपालिका–१, सिद्देश्वर स्थायी ठेगाना भएका उनी केही वर्ष यता तिनाउ गाउँपालिका–३, दोभानमा बस्दै आएका थिए। थापाको एक श्रीमती, दुई छोरी छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्