५ नं. प्रदेशको मुकाम दाङमै हुन्छ , प्रमुख तीन दल



 

सैघाली खबर
दाङ,५ माघ । दाङका प्रमुख राजनितिक दलले ५नं. प्रदेशको अस्थायी मुकाम दाङ हुनेमा विश्वस्त हुन दङ्गाली जनतालाई आग्रह गरेका छन ।
नेकपा एमालेका सदस्य मेटमणि चौधरीले दाङलाई स्थायि प्रदेशको राजधानी बनाउने जिम्मावाम गठवन्धनले लिएको भन्दै वर्तमान सरकारले गरेको गलत निर्णय सच्याउने बताउँनुभयो ।

दाङका इञ्चार्ज समेत रहेका चौधरीले दाङ सबै हिसावले पाँच नम्बर प्रदेशको राजधानीका लागि उपयुक्त भएपनि सरकारले आफ्नै कार्यदलको प्रतिवेदन र प्राविधिक समितिको प्रतिवेदन वेवास्ता गरेर रुपन्देहीमा तत्कालका लागि प्रदेशको मुकाम तोक्नु गलत कदम भएको टिप्पनी गर्नु भयो । वर्तमान सरकारको अस्थायि मुकाम तोक्नु महत्वपुर्ण जिम्मेवारी रहेको भएता पनि देउवा नेतृत्वको सरकारले विदेश इसारामा सिमा क्षेत्रमा राजधानी तोकेको बताउनुभयो । माओवादी दाङका सह ईन्चार्ज निर्मल आचार्य  सरकारी कदम विरुद्ध आफुहरुले आन्दोलन निरन्तरता दिने बताउँनुभयो ।

राजधानीका लागि वाम गठवन्धनले विशेष पहल गर्ने भन्दै दाङका सबै सर्वसाधारण आन्दोलनमा जोडिन आग्रह गर्नुभयो । काग्रेस दाङका सचिव शंकर डाँगीले दाङका सम्पूर्ण राजनितिक दल एक भएर आन्दोलनमा लागेकोले दाङमै प्रदेशको अस्थायी मुकाम हुने बताउँनुभयो । सरकारले तत्काल निर्णय सच्चाउँने बताउँदै त्यसका लागी कुनै दल पार्टी स्वार्थमा नलाग्न आग्रह गर्नुभयो । राष्ट्रिय जनमोर्चा दाङका सचिव गणेश आचार्यले प्रादेशिक अस्थायी मुकाम तोक्नका लागी आफुहरु पनि लाग्ने वताउँनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्