सत्तासिन दल र राजपाबीच छलफल हुँदै ।।



जेठ,२८

 

images rajapa
सरकार र राष्ट्रिय जनता पार्टीबीच आज छलफल हुँदैछ । असार १४ को दोस्रो चरणको स्थानीय तहको चुनावमा राजपालाई सहभागि गराउन सरकारले पहल गरेको छ । हिजो चुनाव सार्न राजपाले माग गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले यथास्थितिमा आफूहरु चुनावमा आउन नसक्ने जानकारी दिंदै चुनाब सार्न आग्रह गरेका थिए । तर सत्तासिन दलले अस्वीकार गरेका छन् । आफूहरुको सहभागिता विना हुने चुनावको अर्थ नहुने भन्दै राजपाका नेताहरुले राजनीतिक मुद्दा सम्बोधन गरेर मात्र चुनाव गर्न माग गरेका हुन् । आजको छलफलबाट मध्यमार्गी केही बाटो खोज्ने दलहरुले जनाएका छन् । छलफल अहिले बिहान ९ बजेपछि सिंहदरबारमा हुने तय गरिएको छ । राजपा नेता शरदसिंह भण्डारीले भने संविधान संसोधन नभए जान नसकिने अडान कायम रहेको बताउनुभयो । राजपासँगको समझदारीमा नै सरकारले बैशाख ३१ का लागि तय भएको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको थियो । जस अनुसार ३, ४ र ६ नम्बर प्रदेशमा बैशाख ३१ मा पहिलो चरणको चुनाव भए पनि राजपा सहभागी भएको थिएन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्