मोहन गोले तामाङद्वारा लिखित ‘जातिवादको शल्यक्रिया’ नामक पुस्तकको शनिबार लोकार्पणा



सामाजिक अभियन्ता तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङद्वारा लिखित ‘जातिवादको शल्यक्रिया’ नामक पुस्तकको शनिबार लोकार्पणा गरेको छ ।

पुस्तक दोलखा घर भई काठमाडौंमा अध्ययनरत छात्रा तथा सामाजिक अभियन्ता करुणा विश्वकर्माले विमोचन गरेकी हुन् । जसले दलित भएकै कारण भर्खरै काठमाडौँमा बस्न कोठा समेत पाइनन् र जातीय विभेद तथा छुवाछुत विरुद्ध न्यायालय जाने साहस गरिन् ।

कार्यक्रममा लेखक तथा राजनीतिज्ञ विश्लेषक कृष्ण खनालले लेखक मोहन गोले तामाङले कुनै राजनीतिक वाद या सिद्धान्त र प्रणालीको घेराबन्दीमा रहेर समाधान नखोजिएको उल्लेख गर्दै पहिचानको आधारमा सिंहदरबारको ढोकाभित्र प्रवेश गर्ने पास खोजेको बताए । खनालले ‘दुखाइ सहन गर्ने औषधी (एनेस्थेसा) प्रयोग नगरीकन गरिएको राज्य र समाजको यो शल्यक्रिया कतिपय पाठकका लागि निकै कडा लाग्न सक्छ’ भनी उल्लेख गरे ।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भएको विमोचनमा लेखक तथा राजनीतिज्ञ विश्लेषक कृष्ण खनाल, सिके लाल, आहुती र अधिकारकर्मी मोहना अन्सारीले समीक्षात्मक विचार राखेका थिए ।

सामाजिक अभियन्ता तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङद्वारा लिखित ‘जातिवादको शल्यक्रिया’ नामक पुस्तकको शनिबार लोकार्पणा गरे ।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भएको विमोचनमा लेखक तथा राजनीतिज्ञ विश्लेषक कृष्ण खनाल, सिके लाल, आहुती र अधिकारकर्मी मोहना अन्सारीले समीक्षात्मक विचार राखेका थिए ।

कार्यक्रममा लेखक तथा राजनीतिज्ञ विश्लेषक सिके लालले सामाजिक अभियानमा लागेको मानिसले पुस्तक लेखनमा लागेर दक्षिण एसियाको चिर सान्दर्भिक र सधैँ साम सामयिक विषयको उजागर गरेको उल्लेख गर्दै लेखक गोलेलाई धन्यवाद ज्ञापन गरे ।

त्यसैगरी लेखक तथा राजनीतिज्ञ विश्लेषक विश्वभक्त दुलाल ‘आहुती’ र अधिकारकर्मी मोहना अन्सारीले पनि समीक्षात्मक विचार राखेका थिए ।

पुस्तक ताम्सालिङ नलेज सेन्टरले प्रकाशित गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्