चैत्र १० , हरिश बम, सुखड। बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की तनावग्रस्त बनेको छ । तनाव ग्रस्त उक्त ठाउँ नियन्त्रणबाहीर जान नदिन प्रहरीले हवाइ फयर गरेको छ ।
मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ प ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । सोहि विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरिरहेका छन। प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय लम्की घेराउ समेत गरेका छन् । उनीहरुलाई तितरबितर बनाउन गोली हवाई फाइर गरेको इलाका प्रहरी कार्यालय लम्किले जनाएको छ ।
तनाव बढेपछि बल प्रयोग गरीएको बताइको छ । साथै केही सेल अश्रुग्यास समेत प्रहार गरेको प्रहरी ले जनाएको छ । ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कडेललाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।