सैघाली खबर
दाङ,५ माघ । प्रदेश नं. ५ को अस्थायी मुकाम दाङमा तोक्न काम गर्दै दाङका सम्पूर्ण सरकारी कार्यालय आज बन्द गरिएको छ । आन्दोलनकारीले, दाङ देउखुरी जिल्ला अदालत ,घोराही उपमहानरपालिका, मालपोत कार्यालय, जिल्ला समन्वय समिति ,नापी कार्यालय शाखा, लगाएतका सम्पुर्ण सरकारी कार्यालयहरु बन्द गरेका हनु ।भने जिल्ला प्रशासन अगाडी धर्ना समेत गरीएको थियो।
प्रदेश नं. ५ को अस्थायी मुकाम दाङ तोक्न माग गर्दै उनिहरु आन्दोलनमा सहभागी भएको दाङ प्रादेशिक राजधानी सरोकार समितिका सदस्य सचिव एवं पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो । जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका प्रमुख पनि आन्दोलनमा सहभागी भएको अध्यक्ष प्रियासनले जानकारी दिनुभयो । यस्तै घोराही उपमहानरपालिकाका वडा १९ अध्यक्ष वडा अध्यक्षहरु कार्यालय बन्द गरेर आन्दोलनमा सहभागीका छन् ।
अहिलेको आन्दोलन दाङको संमृद्धि संग जोडिएको बताउँदै वडा कार्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुनु पर्ने अबस्था आएको घोराही उपमहानगरपालिका दाङका दाङका उप मेयर सिता न्यौपानेले जानकारी दिनुभयो । आफुहरु पनि आन्दोलनमा निरन्तर रुपमा सहभागी हुने वताउँदै आन्दोलन निचोटमा पु¥र्याउँन दलका नेतालाई उहाँले आग्रह गर्नुभयो । अस्थायी मुकाम तोक्नका लागी सबै कार्यालयका प्रमुख र कार्मचारीले दवाब श्रृजना गनु पर्ने बताउँदै त्यसका लागि सबै आन्दोलनमा हभागी हुनु समेत आग्रह गर्नुभयो ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।