नयाँदिल्ली । भारतको छत्तीसगढमा भएको माओवादी हमलामा ५ सुरक्षाकर्मीको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका छन् । नारायणपुर जिल्लामा डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) सवार बस विस्फोटक धरापमा परेको हो । बसमा २४ जना जवान सवार थिए ।
बस्तरका आइजी पी सुन्दरराजका अनुसार नारायणपुरमा नक्सलविरोधी अभियानमा सामेल भएर ती प्रहरी जवानहरु फर्किरहेका थिए । त्यस दौरान इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईडी) विस्फोट भएको थियो ।
जसमा ड्राइभरसमेत ५ जनाले ज्यान गुमाएका छन् भने घटनामा दुई प्रहरी गम्भीर रुपले घाइते रहेका छन् । जसमध्ये एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने एकजनाको उपचार भइरहेको छ । मारिनेमा जयलाल उइके, करन देहारी, सेवक सलाम, पवन मंडावी र विजय पटेल रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।