काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि (बुधबार)देखि पठाओ सेवा सञ्चालन हुन नदिने जनाएको छ। पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै पठाओ चल्न नदिने जनाएको हो।
पठाओले मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको छ। काठमाडौं उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन्। पछिल्लो समय ट्याक्सी चालक र पठाओका बाइक राइडरबीच विवाद हुँदै आएको छ।
ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले भने, “लुकेर चलाउँछन् भने बेग्लै कुरा हो। अन्यथा, चल्न दिँदैनौँ। सडकमा देखेमा कारबाही गर्छौँ। पठाओ राइडर सडकमा भेला हुँदा सवारी आवागमन प्रभावित भएको छ।”
पठाओले पनि आफ्ना राइडरहरुलाई म्यासेज गर्दै कुनै पनि सेवा सुरु नगर्न आग्रह गरेको छ। पठाओले राइडरलाई म्यासेज पठाउँदै केही असामान्य अवस्था आएको हुनाले कुनै पनि राइड नगर्न अनुरोध गरेको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।