दाङ र डोटीको आन्दोलनको ध्यानकार्षण -निर्वाचन आयोग



सैघाली खबर,
काठमाडौं ५ माघ, । सरकारले तोकेको अस्थायी मुकामलाई लिएर दाङ र डोटीमा भएको आन्दोलनप्रति निर्वाचन आयोगले चासो व्यक्त गरेको छ ।

 

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यक्रमलाई अगाडि बढाउन असर पर्न सक्ने बताएको छ ।

राष्ट्रियसभा निर्वाचन २४ गतेका लागि तोकिएको छ । त्यसका लागि १० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । तर, दाङ र डोटीको आन्दोलन नरोकिए उम्मेदवारी दर्ता प्रभावित हुन सक्ने आयोगको चिन्ता छ ।

आयोगले निर्वाचनका लागि अनुकुल वातावरण बनाइदिन सरकार, राजनीतिक दल, प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसद् लगायतलाई आग्रह गरेको छ ।onlinekhabar

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्