उत्तम कुमार थापा, बझाङ, यार्सागुम्बा तथा अन्य जडिबुटीहरुकाे दिगो व्यावस्थापन सम्वन्धि छलफल सम्पन्न भएको छ ।
साईपाल गाउँपालीकाकाे सहयाेग र साहारा नेपालकाे अयाेजनामा आज हाेटेट केपी प्लाजामा जिल्लाकाे साईपाल गाउँपालीकामा पाईने विभिन्न जडिबुटीलाई कसरी व्यावस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियाे ।
हाेटेल क्पि प्लाजाहलमा भएको कार्यक्रममा साईपाल गाउँपालीका अध्यक्ष राजेन्द्र धामीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सँयाेजक खडक खड्का बिशिस्ट अतिथि सुर्मा गाउँपालीका अध्यक्ष नरबहादुर बाेहरा बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी माेहन अधिकारी रहनुभएकाे कार्यक्रममा सराेकारवाला विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि पत्रकार सञ्चारकर्मी रहनुभएकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारीले भने त्याे सिमाना तिब्बत सँग जाेडिएकाेले धेरै अवैध सामाग्रीहरु ओसारपसार हुने भएको हुदा सुरक्षा निकायले गर्न सक्ने काम गर्ने भन्दै हातेमालो गर्न अनुराेध गरेका हुन । सँगै प्रमुख अतिथि खडक खड्काले भने,बन जङ्गलमा पछिल्लो समय डडेलाे लाग्नेकाम भएकोले नियन्त्रण गर्नु पर्ने र अमुल्य जडिबुटीकाे सँरक्षण गर्नुपर्ने दावि गरेका हुन । साईपाल गाउँपालीकाकाे विषयमा बाेद्दै अध्यक्ष धामीले सेती नदि र हिमालकाे काखै,सँगै जडिबुटीकाे प्रवल सम्भावना भएको क्षेत्रमा सबैलाई सचेत बनेर अगाडि बढ्न अनुराध गर्दै गाउँपालीकाल आगामि दिनमा त्याहाकाे फाेहरमैलालाई नियन्त्रण गर्नुपर्ने बताए । आज भएको कार्यक्रममा बाताबरण र त्याहाकाे बस्तुस्थिति बारे साहारा नेपालका अध्यक्ष ज्ञान बहादुर बाेहराले प्रस्तुति राख्नुभएको थियाे भने कार्यक्रम सञ्चालन साईपाल गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशीले गरेका हुन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।