नेपाल दलित संघको केन्द्रीय सदस्यमा सल्यानका बिक मनोनित



दाङ । नेपाली काँग्रेस सल्यानका प्रभाबशाली नेता क्षेत्र बहादुर वि क ईश्वरी नेपाल दलित संघको केन्द्रीय सदस्यमा मनाेनित भएका छन् ।

दलित संघले प्रदेश नं १ सुनसरिकाे धरानमा आयोजना गरेको कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वि क लाई मनाेनयन पत्र हस्तान्तरण गरेका हुन ।

३० बर्ष लामाे समय राष्ट्रिय जनमाेर्चाकाे राजनितीमा क्रियाशील भएका विक जिल्लाकाे राजनीति सँगै जातिय समता समाजका केन्द्रीय सदस्य समेत भएका थिए ।

देशकाे बदलिदाे राजनिति अबस्था सँगै वि क २०७४ सालमा नेपाली काँग्रेसमा प्रवेश हुँदै जनताको हक अधिकारका निम्ति काँग्रेसको राजनितिमा होमिएका हुन ।
छोटो समयमै काँग्रेसको जिल्ला कमिटी सदस्य पद सम्हालेका बिकको उच्च मुल्यांकन गर्दै नेपाल दलित संघ केन्द्रीय समितिले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्