भरतपुर मतगणनाका विषयमा आज सर्वोच्चमा सुनुवाई ।।



जेठ,२८

Supreme-Court
चितवनको भरतपुर महानगरपालिको मतगणनाका विषयमा आज सर्वोच्च अदालतमा छलफल हुँदैछ । सर्वोच्च अदालतले तत्काल पुनमतदानको निर्णय रोक्न माग गर्दै आज दुवै पक्षलाई बोलाएको छ । निर्वाचन ऐनको कानुनी व्यवस्था जे भए पनि सार्वोच्चमा आयोगको निर्णयविरुद्ध रिट परिसकेको अवस्थामा अब सबैको प्रतिक्षा सर्वोच्चको फैसलामा अड्किएको छ । निर्वाचन आयोगले भने फेरि मतदान गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो । निर्वाचन आयोगले भने स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार नै भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतगणनाका क्रममा मतपत्र च्यातिएपछिको विषयमा गठन भएको छानबिन समितिले दिएको प्रतिवेदन अनुसार वैशाख ३१ मा भएको १९ वडाका सबै मतपत्र अवैध घोषित गर्दै पुनः मतदान गर्ने निर्णय गरेको हो । मालेको तर्फबाट भरतपुर वडा नम्बर १९ का खुला सदस्य उम्मेदवार गुञ्जन विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले रोकिएको मतगणना सुरु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्