कानुन व्यवावसायी सरकार विरुद्ध सर्वाेच्च जाने



सैघाली खबर
दाङ ५ माघ । माघ ३ गतेको सरकारको निर्णयको बिरुद्ध दाङका कानुन व्यवावसायी सर्वाेच्च जाने भएका छन ।उच्च अदालत बार एशोसीयसन तुलसीपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश मुकाम उच्च अदालत स्थापना भएकै स्थानमा तोक्नुपर्ने कानुनी ब्यबस्था हुदा हुदै अन्यत्र घोषणा गरेको बिरुद्धमा सर्बाेच्चमा रिट दायर गर्ने बताएका हुन ।
सर्बाेच्चमा सरकारका बिरुद्ध रिट दायर गर्ने तयारी समेत भएको बारका अध्यक्ष बिजय पौड्ेलले जानकारी दिनुभयो । कानुनी उपचारलाई सर्बाेच्च अदालतको ढोका सम्म पुग्ने निर्णय गरिएको उहाले बताउनुभयो । नागरिकबाट शुरु गरिएको स्वतस्फुर्त आन्दोलनमा समेत कानुन ब्यबसायी सहभागि हुने कानुन ब्यबसायी बिष्णुमणी देबकोटा जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्