शरद रिजाल,चैत्र १२ दाङ।
घोराही उपमहानगरपालीका१६खिरीट्टेमा बुवा टेकबहादुर बस्नेत र आमा डामकली बस्नेतका जेठा छोरा सन्तोस बस्नेत बिहत चौध बर्स देखि इलेक्ट्रोनिक्स मेकानिकको रुपमा काम गर्दै आएका छ्न ।कुनै समय बेरोजगार भइ भौतारीदै हिडेको पिडादायी क्षणलाइ नजिकैबाट भोगेका बस्नेत हाल भने मेकानिकको कामबाट मनग्ये आम्दानी गरीरहेका छ्न ।
घोराही स्थित मजगैया इलेक्ट्रोनिक्समा रेडियो टीभी लगायतका इलेक्ट्रोनिक्स सामान मर्मतको तालिम गरीसकेपश्चात उनको बेरोजगार समस्या निवारण भइ स्वरोजगारमुलक मर्मत को काम गर्दै महिनामा चालीस देखि पचास हजार सम्म आम्दानी भैरहेको बताउछ्न।”बिगतमा बेरोजगार हुदा कामको खोजिमा भौतारीनुपर्थ्यो तर जहाँ गयेपनी सीप के छ भनेर सोध्थे तर जब सीप सिके त्यसपछी कामको चापले फुर्सदै हुदैन”उनले भने-सीप र दक्षता भए देशमै आर्थिक आर्जन गर्न सकिने रहेछ।”बस्नेतले हाल आफ्ना छोराछोरीलाई स्तरीय बिद्यालयमा पठनपाठन गराएका छ्न भने घरपरीवारलाई सहजै ढ्ङ्गले जिबिकोपार्जन भएको बताउछ्न ।
हाल उनलाइ काममा भ्याइनभ्याइ हुन्छ । बिहान देखि बेलुका सम्म घोराही बजारमा बिबिध इलेक्ट्रोनिक्स सामान मर्मतको लागि बोलाउछ्न । दैनिक जसो सामान मर्मत सम्भार गरे बापत दुई चारहजार सम्म दैनिक आम्दानी हुने बस्नेत बताउछ्न ।”प्राबिधिक सिपले आत्मनिर्भर र स्वरोजगार प्रदान गर्दोरहेछ।”उनले भने “प्रबिधिक सीप र लगनशिलता भयो भने बिदेशमा भौतारीरहनु प्रदैन आफ्नै देशमा मनग्ये कमाइन्छ।”बस्नेतले मर्मत सम्भारको पारीश्रमिक यथोचित लिने भएकोले पनि घोराही बजारमा उनको माग बढेको युवा ब्यबसायी लक्षमण गीरी बताउछ्न ।
गीरी भन्छ्न -उहाले पारीश्रमिक पनि त्यति महङ्गो नलिने भएकोले पनि उहालाइ सबैले रुचाउछ्न र काम पनि समयमै सम्पन्न गरीदीने उहाको बिशेसता हो।”दाङमा इलेक्ट्रोनिक्स सामान मर्मत गर्नुपरेमा सन्तोस बस्नेतको नाम अग्रपंक्तिमा आउँछ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।