काठमाण्डाैं । युवा संगठन नेपालका अध्यक्ष पाटनको घरमा पक्राउ पुर्जी टाँसिएकाे छ । कार्यकर्तालाई मुद्दा लगाउने र पुर्जी टास गर्ने क्रम राेकिएकाे छैन । बिहीबार मात्र युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीको घर आठबिकोट नगरपालिका ३ रुकुम पश्चिममा प्रहरीले पक्राउ पुर्जी टास गरेको छ ।
पारिवारिक स्राेतका अनुसार पाटनकाे नाममा काठमाडौँ जिल्ला अदालतले राज्य विरुद्धको कसुर, संगठित अपराध र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा म्याद घरमा टासेको बताइएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।