काठमाण्डौ ५ माघ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।बैंककमा स्वास्थ्य उपचार गरेर फर्किएका ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका थिए । दुई नेताबीच झण्डै ३ घन्टा छलफल भएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।उनका अनुसार दुई अध्यक्षले राष्ट्रियसभा गठनबारे कार्यदलल दिएको प्रतिवेदनमा छलफल गरेका छन् र आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने सहमाति भएको छ ।प्रदेश सरकार गठन र पार्टी एकताबारे पनि छलफल भएको छ । पार्टी एकतालाई अन्तिम रुप दिन भोलि दुई अध्यक्षबीच कुराकानी हुने र माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको अधिकारीले जानकारी दिनुभयो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।