इपिएस भाषा परीक्षा आज पनि ।।



जेठ,२८

 

korea_nepal

 

 

 
रोजगार अनुमती प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइने भाषा परीक्षा आज पनि हुने भएको छ । इपिएस अन्तर्गत दक्षिण कोरिया जानका लागि फारम भरेकाहरुका लागि हिजो र आज गरी दुई दिन परीक्षा लिने व्यवस्था गरिएको हो । विभिन्न कारणले हिजो परीक्षा छुटेकाहरुलाई आज परीक्षा दिने व्यवस्था गरिने भएको छ ।

 

 

EPS-korea-results-2015-1 यो वर्ष दक्षिण कोरियाले नेपालबाट उत्पादन र कृषि क्षेत्रमा गरी १० हजार दुई सय युवालाई लैजाने छ । त्यसका लागि ७५ हजार पाँच सय ८० परीक्षार्थीले परीक्षा दिने वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाका लागि काठमाडौं र ललितपुरमा २६ वटा केन्द्र तोकिएको छ । इपिएस पद्धतीमा कोरियाले नेपालसहित १६ देशबाट कामदार लैजाने गरेको छ । यो वर्ष कृषि क्षेत्रमा ५४ हजार र बाँकीले उत्पादन क्षेत्रका लागि परीक्षा दिन लागेका छन् । भाषा परीक्षाको नतिजा आउँदो असार १६ गते आउने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्