मुख्य समाचार

इपिएस भाषा परीक्षा आज पनि ।।

By थाहा अनलाइन

June 11, 2017

जेठ,२८

 

 

 

  रोजगार अनुमती प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइने भाषा परीक्षा आज पनि हुने भएको छ । इपिएस अन्तर्गत दक्षिण कोरिया जानका लागि फारम भरेकाहरुका लागि हिजो र आज गरी दुई दिन परीक्षा लिने व्यवस्था गरिएको हो । विभिन्न कारणले हिजो परीक्षा छुटेकाहरुलाई आज परीक्षा दिने व्यवस्था गरिने भएको छ ।

 

 

यो वर्ष दक्षिण कोरियाले नेपालबाट उत्पादन र कृषि क्षेत्रमा गरी १० हजार दुई सय युवालाई लैजाने छ । त्यसका लागि ७५ हजार पाँच सय ८० परीक्षार्थीले परीक्षा दिने वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाका लागि काठमाडौं र ललितपुरमा २६ वटा केन्द्र तोकिएको छ । इपिएस पद्धतीमा कोरियाले नेपालसहित १६ देशबाट कामदार लैजाने गरेको छ । यो वर्ष कृषि क्षेत्रमा ५४ हजार र बाँकीले उत्पादन क्षेत्रका लागि परीक्षा दिन लागेका छन् । भाषा परीक्षाको नतिजा आउँदो असार १६ गते आउने छ ।