सैघाली खबर
दाङ, ६ पुस
डोजरले बाटो निमार्ण गरिरहेका बेला माथिबाट झरेको ढुंगा लागेर एक जना महिलाको मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका वडा नं . १९ भित्री स्यालापानीमा डोजरले बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगा लागेर स्थानीय ३५ वर्षीया पातली सुनारको मृत्यु भएको हो ।
शुक्रवार बेलुका पाँच बजेतिर ढुंगाले लागेर सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख एंवम डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।