प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, कस्ताे छ मन्त्रीकाे तयारी?



काठमाडाैं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। सर्वोच्च अदालतको फैसला पछि पार्टी एमाले र माओवादीमा ब्युतिएपछि राईविरुद्ध परेको अविश्वास प्रस्ताव अगाडि नबड्ने भएपछि उनले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्।

नयाँ थपिएका मन्त्रीहरुको आज दिउँसो १ बजे सपथ ग्रहणको समय तोकिएको छ। मुख्यमन्त्री राईले माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिने भएका छन्। यस अघि सो पदमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोहाङ थिए। उनले पद त्यागेपछि ताप्लेजुङका आङ्बुहाङलाई मन्त्री बनाउन लागिएको हो।

नेकपा एमालेको आन्तरिक संघर्षको क्रममा माधव नेपाल समूह र माओवादी छाडेर ओली समूहमा आएकाहरु मन्त्री बन्ने सूचीमा अगाडि रहेका छन्। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार विस्तार हुने मन्त्रिमण्डलमा सामाजिक विकास मन्त्रीको जिम्मेवारी खोटाङकी उषाकला राईलाई दिने तयारी भएको छ। यस अघि सो पदमा जीवन घिमिरे रहेका थिए।

उनले पनि पदबाट राजीनामा दिएपछि जसमाया गजमेरलाई सो पदमा लगिने चर्चा थियो। तर उषाकलालाई मुख्यमन्त्री राईले स्पेस दिएका छन्। हाल प्रदेश १ मा चार जना मन्त्री छन्। अब ७ जनासम्म मन्त्री थपिने सम्भावना रहेको जनाइएको छ। थपिने मन्त्रीहरुको शपथग्रहण प्रदेश प्रमुखको कार्यालयमा हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।

आजै अन्य मन्त्रीहरुमा कला घले र राजकुमार ओझा लगायतको नाम पनि चर्चामा छ। हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन्। त्यस्तै उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुने भएका छन्। दुवैजना नयाँ अनुहार हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्